कञ्चनपुरको बेलौरीमा गैँडाको आक्रमणमा परी स्थानीय ५३ वर्षीय बलिराम राना घाइते भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाहिरिएर करिब २ महिनायता गोरखनाथ सामुदायिक वन क्षेत्रमा रहेको गैँडाले बेलौरीको मैनाहा लामिताल नजिक बुधबार बिहान रानालाई आक्रमण गरेको हो ।

गैँडाको आक्रमणबाट पिठ्युँमा गहिरो चोट लागेपछि रानाको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख यादवका अनुसार, कञ्चनपुरमा गैँडाले मानवलाई आक्रमण गरेको यो घटना पहिलो हो । वन्यजन्तु राहत निर्देशिका २०६८ बमोजिम पीडितलाई क्षतिपूर्ति दिइने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय