नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका गत मंगलबार तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ९२ हजार तोकिएको छ ।

यस्तै, बुधबारै तेजाबी सुनको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी, बुधबार चाँदीको भाउ तोलमा १ हजार २ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि चाँदीको कारोबार तोलामा १ हजार २ सय ६५ रुपैयाँमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय