नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयमा बनेको असहज परिस्थिती चिन्ताजनक भएको बताएका छन् । मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले न्यायालयमा बनेको असहज परस्थिती चिन्ताजनक भएको बताएका हुन् ।

उनले न्यायालयमा देखिएका घटना न्यायलय कै आन्तरिक मामिला भएकाले राजनीतिक हस्तक्षेप गर्न नहुने बताए । नेता पौडेलले न्यायालयबारे धेरै टिप्पणी गर्दा राजनीतिक हस्तक्षेपको आरोप लाग्नसक्ने भन्दै आफुहरुले टिप्पणी गर्नु शोभनीय नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय