नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र अराजकतालाई दुर्भाग्यपूर्ण भन्ने टिप्पणी गरेका छन् । प्रवक्ता ज्ञवालीले सामाजिक सञ्जालमा निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने कार्य अपवित्र गठबन्धनको परिणाम भएको उल्लेख गरेका हुन ।

ज्ञवालीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई निशाना बनाएर चलाइएको अभियानले विकृतिको अन्त्य नगरी संस्थागत गर्ने ठोकुवा समेत गरेका छन् । अदालत र सत्ता गठबन्धनबीचको ‘युज एण्ड थ्रो’ अभियानले भोलि अरूलाई पनि यसै गरी शिकार बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय