पाँचथरको फिदिममा आज विहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर उपचारका लागि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएका बालक र एक महिलाको मृत्यु उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापा जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा सडकबाट खसेर दुर्घटनामा परेको हो । घाइतेमध्ये दश जनाको अवस्था चिन्ताजनक रहेको स्वास्थ्यकर्मीले बताएका छन छ ।

सिकिस्त घाइतेलाई झापा र विराटनगरका अस्पतालमा पठाइएको छ । फिदिमवाट झापाको दमकचल्ने बस निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा दुर्घटनामा परेको हो । ४४ सिट क्षमताको बसमा ६५ यात्रु चढेको बताइएको छ । अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस करीब २० मिटर तल खसेर दुर्घटनामा परेको बताइएको छ । बसका अधिकांश यात्रु कुम्मायकका रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय