नेपालमा थप ५ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६१ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २२ र १ हजार ५ सय ६४ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गर्दा थप ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ९ लाख ३ हजार ७१ पुगेको छ । यसैगरी २४ घन्टामा थप ३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ ।

त्यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये थप ८ सय ७७ जना संक्रमण मुतm भएसँगै हालसम्म कूल संक्रमितमध्ये ७ लाख ८७ हजार ५ सय ७ जना कोरोना मुक्त भएका छन् ।

गत २४ घन्टामा देशभर ७ हजार ५ सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म नेपालमा कुल जनसंख्याको २१ दशमलव ७ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय