नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबै मिलेपछि आफू नेतृत्वको सरकार साढे तीन वर्षमा ढलेको तर अहिलेको सरकार साढे तीन महिनामा नै ढलपलको स्थितिमा पुगेको बताएका छन् ।

आइतबार झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आफ्नै पार्टीका ब्यक्तिहरु लागेर सरकार ढालेको बताए । उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नै तीन महिना लागेको बताए । ओलीले सरकार बन्ने वितिक्कै प्रदेश प्रमुख फेर्ने, राजदूत फिर्ता ल्याउने काम गरेको भन्दै आपत्ति जनाए ।

ओलीले नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेको अवस्थामा एमालेले ६ हजार ७ सय ४३ वडामा एकैपटक वडा अधिवेशन भएको बताए । केही वडामा भने बाढी पहिरोको कारण धकेलिएको बताए । उनले सर्वसम्मतिले वडा अधिवेशन भएकोसमेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय