अबिरल बर्षा पछि आएको बाढिले राजापुर र गेरुवा गाउँपालिकाको केही क्षेत्रमा नदीले गरेको कटान र धानबाली पुर्ण रुपमा नष्ट भएको क्षेत्रको नेपाली काँग्रसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आईतबार निरिक्षण गरेका छन् ।

निरिक्षण पछि पौडेलले संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै धान भित्राउने बेलामा बर्षा सहितको आएको बाढिले किसानको बाली तथा जग्गा कटान गरेकोमा किसानलाई यथाशिघ्र क्षतिपुर्ति सहितको राहतका लागि आफ्नै पार्टीको सरकारलाई आग्रह गर्ने बताएका छन् ।
बर्दिया अन्न बाली उत्पादनको दुष्टिकोणले उन्नत जिल्ला भएकाले तत्काल राहत र दिर्घकालिन क्षतिपुर्तिका लागि तुरुन्त प्रक्रिया थाल्ने बताएका छन् । पौडेलले बर्षा सँगै आएको बाढिले १७ सय घर परिवार विस्थापित एवं विच्चलीमा परेका नागरिकलाई मन्त्री उचित राहतको प्याकेज ल्याउने वचन दिएका छन् ।

यसैगरि वरिष्ठ नेता पौडेलले कार्यकर्ता भेटघाट समेत गरेका छन् । उनले आफु सिद्धान्त र व्यवस्थाका लागि लडिरहेको हुनाले समयमा नै महाधिवेशन हुनुपर्ने कुरामा जोड दिएका छन् । अरुलाई लोकतन्त्रको पाठ सिकाउने काँग्रेसको नेतृत्वले आफु लोकतान्त्रिक पद्धतीमा ढल्नु पर्छ कि पर्दैन भनी प्रश्न गरेका छन् ।

पौडेलले पार्टीलाई कमजोर पारि व्यक्ति बलियो बनाउन नेतृत्व पंक्ति लागि परेकोमा रोष प्रकट गरेका छन् । पौडेलले लोकतन्त्रमा निमुखाले न्याय र विपन्नलाई आय पाउने व्यवस्था भएकाले त्यस तर्फ सबैको ध्यान केन्द्रित भएमा मात्र लोकतान्त्रिका व्यवस्थाले सार्थकता पाउने बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय