सिन्धुली प्रहरीले तीन जना युवतीहरुको सामुहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्तहरुलाई गिरफ्तार गरी आईतबार सार्वजनिक गरेको छ ।

गत असोज ३० गते दशैकै अबधीमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–५स्थित लव्दाहाखोला स्थित बगरमा ललाई फकाई ती युवतीहरुमाथि सामुहिक वलात्कार भएको थियो ।

प्रहरीले उनीहरुस“गै अभियुक्तहरुलाई भगाउन सहयोग गर्ने ६ जना आफन्त र एक जीप तथा दुईवटा मोटर साइकल समेत पक्राउ गरी कार्यबाही चलाएको जनाएको छ ।

सो घटनामा संलग्न विवेक मगर,शिव मगर र हेम लामालाई घटास्थलबाटै पक्राउ गरिएको थियो भने सिन्धुली जिल्ला स्थित कमलामाई नगरपालिका ५ का दीपक मगर,अजुृन मगर,धनबहादुर मगर र मिलन लामालाई महोतरी जिल्लाको बर्दिबासबाट पक्राउ गरिएको जनाएको छ ।

हिन्दु नेपालीहरुको महान चाड दशैकालागि घर र आफन्तकहा आएका युवाहरुको समुहले १३, १४ र १५ उमेर समूहका युवतीहरुलाई समुहकि रुपमा बलात्कार गरेपछि पिडितहरुको दिएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी कार्यबाही चलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय