धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँ तर्फ आउदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा आज विहान पृथ्वी राजमार्ग अन्तर्गत गजुरी बजारमा एक्कासी आगलागी भएको हो ।

आगलागीपछि बस पूर्णरुपमा क्षति भएपनि ३६ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ । इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै पनि मानवीय क्षति हुन नपाएको हो । बसमा आगो लाग्नुको कारण भने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय