बलिउड अभिनेता सुनील सेट्टी नेपाली फिल्ममा देखिने भएका छन्। उनी निर्देशक मुकुन्द भट्टले निमार्णगर्न लागेको फिल्म ‘एक्स ९’मा अनुबन्धित भएका छन्।

अभिनेता सेट्टीलाई भिलेनको लागि अफर गरिएको थियो। केही समयअघि मात्रै निर्देशक भट्ट सेट्टीलाई भेट्न मुम्बई पुगेका थिए। साथै, उनले सेट्टी काम गर्न सकरात्मक रहेको समेत उल्लेख गरेका थिए।

यसैबीच, निर्देशक भट्टले सुनिल सेट्टीसँगको फोटो सेयर गर्दै सेट्टी फिल्ममा काम गर्न तयार भएको फेसबुकमार्फत जानकारी दिएका हुन।‘सुनील सरसँग निर्देशक भएर काम गर्न पाउँदा खुसी लागेको छ। हाम्रो भूमि नेपालमा तपाईंलाई स्वागत छ,’ उनले लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय