नेपाली बजारमा कात्तिक १२ गते आईफोन १३ सिरिज सार्वजनिक हुँदै छ । आईफोनका लागि नेपालस्थित आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्टले नेपाली बजारमा आईफोनको पछिल्लो संस्करण भित्र्याउन लागेको हो ।

यसैबीच कम्पनीले नेपाली उपभोक्ताका लागि प्रि बुकिङ खुलाएको छ । ग्राहकले इभो स्टोर र ओलिज स्टोरका साथै आईफोनका रिटेल स्टोरबाट आईएमई पेमार्फत् आईफोन १३ सिरिज अर्डर गर्नसक्ने छन् ।

यस अवधिमा अर्डर गर्ने ग्राहकले ३० हजार मूल्यका विभिन्न अफर प्राप्त गर्नेछन् । नेपाली बजारमा आईफोन १३ सिरिजअन्तर्गत चार मोडलका विभिन्न १४ स्टोरेज भेरियन्टको प्रि बुकिङ खुलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय