प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुर स्थित महाकाली नदी माथिको निर्माणाधीन पुल जोड्ने पहुँच मार्गको स्थलगत निरीक्षण गरेकाछन् । निर्माणाधीन पुलसँग जोडिने पहुँच मार्गको केही भूभाग हालै महाकाली नदीमा आएको बाढीले भत्काएपछि निर्माण कार्यको गुणस्तर मापन गर्न चौतर्फी आवाज उठेपछि शुक्रबार प्रधानमन्त्री देउवाले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेकाहुन ।

‘भाइरल रोड’ का नामले परिचित पहुँच मार्गमा ठुलो क्षति पुगेपछि भीमदत्त नगरपालिकाका १२ र १३ नम्बर वडाका अधिकांश बस्तीहरू उच्च जोखिममा रहेका छन् । यसअघि, प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले बिहीबार डोटी, बझाङ, बैतडी, डडेलधुरा र कञ्चनपुर तथा शुक्रबार बिहान कैलालीका विभिन्न क्षेत्रको स्थलगत तथा हवाई निरीक्षण गरेका थिए ।

यही असोज ३१ गते साँझदेखि कार्तिक ३ गते बिहानसम्म परेको अविरल वर्षाका कारण अकल्पनीय क्षति व्यहोर्नु परेको सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान सुदूरपश्चिम पुगेको उक्त टोलीले सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा डुबानले पु¥याएको जनधनको क्षति, उद्धार तथा राहत कार्य, विस्थापित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय