बेमौषमी वर्षाका कारण जलमग्न वन्न पुगेको विराटनगर विमान स्थलबाट शुक्रवार सम्म उडान नहुने भएको छ । गत सोमवार र मगंलवार भएको अविरल वर्षाका कारण विराटनगर विमान स्थल जलमग्न वन्न पुगेको पछि उडान प्रभावित हुदै आएको हो ।

वर्षाको पानी जमेर उडान प्रभावित हुदै आएको विराटनगर विमान स्थल सञ्चालनमा लागि तयार हुने समय लाग्ने भएका कारण शुक्रवार साँझ ५ वजे सम्मका लागि विमान स्थल वन्द गरिने विराटनगर विमान स्थल प्रमुख उत्सव खरेलले जानकारी दिए ।

विमान स्थलको धावन मार्गमा जमेको पानी घटे पनि जहाज पाकिगं स्थल , विमान स्थल प्रवेश मार्ग , कर्मचारी क्वाटर लगायतका स्थानमा हाल पनि पानी जमेका कारण विमान स्थल वन्द गर्नु परेको जनाइएको छ ।

काठमाडौं विमान स्थल वाहेक भैरहवा विमान स्थलपछि व्यस्त रहने विराटनगर विमान स्थल वन्द रहदा पुर्व क्षेत्रका यात्रुहरुलाई लक्षित गरि विमान कम्पनीहरुले झापाको भद्रपुर विमान स्थलमा उडान थपेका छन । विराटनगर विमान स्थलवाट दैनिक वुद्ध एयरको ९, यति एयरको ५, सौर्य एयरको ४ ,श्री एयरको ४ र गुण एयरले १ गुण उडान गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय