नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ । पार्टीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रिय विभाग गठन गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समिति गठन गरेको बताए । उनले बैठकले ३५ सदस्यीय रहने गरी विभाग गठन गरेको जानकारी पनि दिए ।

त्यस्तै विभाग बाहेक रामचन्द्र झाको नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान बनाउने निर्णय गरिएको छ । प्रवक्ता महराका अनुसार पार्टी स्कूल विभागको संयोजकमा गिरिराजमणि पोखरेल र इन्चार्जमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल रहेका छन् । उनले विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी रहेको र त्यसको संयोजकमा सूर्य सुवेदी रहने बताए ।

अर्थ तथा योजना विभागको प्रमुखमा वर्षमान पुन, उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, कोष तथा आर्थिक व्यवस्थापन विभागमा टोपप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, जलश्रोत, सिँचाइ तथा उर्जा विभागमा लिलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानून, न्याय तथा मानवअधिकार विभागमा मुक्तिनारायण प्रधान, रहेका छन् ।

प्रवक्ता महराले पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको बताउँदै अबको एक हप्तामा पार्टी सदस्यताको काम पूरा हुने दाबी गरे । उनले राष्ट्रिय महाधिवेशनमा ५ देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय