बर्षाका कारण रारा जानको लागि हिडेका पर्यटक बाटोमै अलपत्र परेका छन । सुर्खेत देखि मुगुसम्म पर्ने कर्णाली राजमार्ग बर्षाका कारण अवरुद्ध भएपछि रारा घुम्न गएका पर्यटक विचमै रोकिएका हुन । राजमार्ग अन्र्तगत कालिकोटको जितेगडा देखि जुम्लाको सिमाना नाग्म सम्म विचविचमा पहिरो जादा अवरुद्ध भएको हो । अलपत्र पर्यटकले अवरुद्ध सडक खुलाउन पहल नभएको गुनासो गरेका छन ।

कालिकोट खाडाचक्र ७ मा पहिरो गए पछि देशका विभिन्न भागवाट रारा घुम्न पुगेका पर्यटनको विचल्ली भएको हो । अबिरल बर्षाका कारण कालिकोटका विभिन्न भागमा बाढि पहिरोले ठुलो जनधनको क्षति गराएको छ । भित्राउने बेलाको अन्नवाली समेत नष्ट भएपछि किसान निरास भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय