विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाभाइरसको महामारी अझै कम्तिमा एक वर्ष रहने जनाएको छ । संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म रहीरहने चेतावनी दिएका हुन् ।

विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नैं महामारी नियन्त्रणको मुख्य चुनौती बनेको उनको भनाइ छ । विपन्न मुलुकहरूले आफूलाई चाहिने कोभिड खोप नपाइरहेकाले कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने डब्लुएचओको चेतावनी छ ।

डब्लुएचओका अनुसार अफ्रिकी महादेशमा अहिले ५ प्रतिशतले मात्रै कोरोना विरुद्धको खोप पाएका छन् । अन्य महादेशमा भने यो संख्या कम्तिमा ४० प्रतिशत माथि छ । यसले महामारी सन् २०२२ भर पनि विश्वमा कोरोना महामारी रहिरहने देखिएको डब्लुएचओको भनाइ छ ।

सम्पन्न तथा खोप उत्पादनमा अगाडी रहेका मुलुकहरुले गरिब देशहरुमा खोपको आपुर्ती नबढाउने हो भाइरसमाथि जित हात पार्न कठिन हुने डब्लुएचओको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय