राष्ट्रपति विद्या भण्डारीले भक्तपुर स्थित नवदुर्गाकोे दर्शन गरेकी छन । दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्र प्रमुखहरुले पूजा अर्चना एवं दर्शन गरेर विजयादशमीलाई विदाई गरिने परम्परालाई निरन्तरता दिदै राष्ट्रपति भण्डारीले भक्तपुरमा नवदुर्गाको दर्शन गरेकी हुन । राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरि प्रसाद ग्रहण गरिन ।

नवदुर्गाका मूल पुजारीले राष्ट्रपतिलाई नवदुर्गा भवानीको प्रसादको रुपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो दिने चलन छ । नवदुर्गाको मुकुटसहितको मुकुन्डोको दर्शन र पूजा गर्दा राष्ट्रप्रमुखले प्रत्येक मुकुन्डोमा दक्षिणा चढाउने परम्परा छ । यसरी चढाइने दक्षिणाको हकदार पुजारी हुने व्यवस्था छ । नवदुर्गा गणमा अष्टमातृका, महादेव, भैरव, गणेश, सिम्ह र दुम्ह गरी १३ वटा देवताका छुट्टाछुट्टै मुकुन्डो हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय