प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले सरकार नै कसले चलाएको छ भनेर भन्न सक्ने स्थिति नरहेको बताए । उनले अहिलेको सरकार नायवीद्धारा चर्लाइएको निमित्त नायकको सरकार भएको टिप्पणी समेत गरे ।

अध्यक्ष ओलीले आगामी चुनावमा एमालेको मुख्य प्रतिस्पर्धा काँग्रेससँग हुने भन्दै काँग्रेससँग जनतासामू जाने कुनै एजेण्डा नै नभएको दाबी गरे ।अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निर्वाचनबाट जनताले बदर गरिदिने बताए ।अध्यक्ष ओलीले देशलाई बेहाल हुने अवस्थाबाट जोगाउनका लागि एमालेलाई जिताउने गरी निर्वाचन तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय