सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण सुनसरीको तरहरास्थित कृषि अनुसन्धान निर्देशनालय पनि प्रभावित भएको छ । वर्षाका कारण स्थानीय खोलामा आएको बाढिले कृषि अनुसन्धान अन्तरगत बिभिन्न बालि तथा पशुपन्छी लगायत माछा पोखरीमा पनि क्षती पुगेको छ ।

अनुसन्धान निर्देशनालय भित्रकै धानखेतिमा पानी पसेपछि पाकिसकेको हर्दिनाथ १ प्रजातिको धान नष्ट भएको छ भने । २५ हेक्टर मध्ये १० हेक्टरमा लगाइएको बिभिन्न प्रजातिका धान खेतिमा बाढि पसेपछि पुर्ण रुपमा क्षति पुगेको छ ।

त्यसैगरी अविरल वर्षासंगै आएको बाढिले अनुशन्धान भित्रकै १२ वटा माछापोखरी मध्ये ५ वटामा पुर्ण क्षती पुगेको छ भने ७ वटामा आशिंक क्षती पुगेको छ । पोखरीमा रहेका रहु र भ्याकुर जातका ८ लाख भुराहरु बगाएको छ ।

त्यस्तै एडभान्स फिगर लगायत अन्य जातका २ लाख २५ हजार बढि माछाका भुराहरु बगाएको छ । त्यस्तै पोखरी भित्रै रहेका माउ माछा , ग्रासकार्क , भ्याकुर , कमन जातका ५ सय केजि बढी बगाएको उक्त कार्यालयले जनाएको छ । त्यस्तै बिक्रीका लागि तयारी बनाइएको १ सय टन भन्दा बढि माछाहरु बाढिले बगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय