विपक्षी दलले वर्तमान सरकार परमादेशबाट बनेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारलाई जनादेश र परमादेश दुवै प्राप्त भएको बताएका छन । आफू प्रधानमन्त्री भएपछि पहिलो पटक सरकारी मुखपत्र गोरखापत्रलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर परमादेश र १६५ सांसदले विश्वासको मत दिएर सरकारलाई जनादेश दिएको बताए ।
सर्वोेच्च अदालतले संविधानको व्याख्या गरेर मलाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भन्दै देउवाले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिँदा १ सय ६५ सांसदको समर्थन प्राप्त भएको बताए । सरकारबारे व्याख्या गर्दै उनले वर्तमान सरकार परमादेशको मात्रै नभइ जनादेश प्राप्त पनि सरकार भएको दाबी गरे ।

अन्तर्वार्ताका क्रममा देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी मुलुकको हितमा भएको भन्दै विवाद गर्न आवश्यक नरहेको पनि बताए । एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएको बताउँदै देउवाले एमसीसी नेपाललाई दिएको ऋण नभइ अनुदान भएको जिकिर पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय