हुलाकी सडक खण्ड अन्र्तगत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणधीन पुलको अर्को पाया (पायल) पनि भासिएको छ ।बर्षाले कमला नदीमा आएको सामान्य बाढीले निर्माणधीन पुलको धनुषा जिल्लातर्फबाट ३ नम्बरको पाया वुधवार तल भासिएको हो । पुलको पाया करिब एक फिट जति उत्तरतर्फबाट तल भासिएको हो । पाया भाँसिएपछि पुलबाट पैदल आवतजावत रोकिएको छ । प्रहरीलाई पुलको सुरक्षामा खटाईएको छ ।

यस अघि गत असार १६ मा आएको वाढीले कमला नदीको सिरहा तर्फबाट दास्रो पाया भाँसिएको थियो । पाया भासिएसँगै पुलको स्ल्याब नदीमा खसेको छ । अहिले ‘भि’ आकारमा स्ल्याब रहेको छ ।उक्त पुल २०६८ सालमा पप्पु कन्स्ट्रक्शन लुम्बिनी बिल्र्डस जेभीले करिब २५ करोडमा निर्माण गर्ने सम्झौता गरेको थियो । पप्पु कन्स्ट्रस्कशनले निर्माण कार्य सुस्त गरेपछि हुलाकी सडक आयोजना कार्यालय जनकपुरधामले लुम्बिनी बिल्डर्सलाई बाँकी काम सम्पन्न गर्न निर्देशन दिएको थियो ।

गत ३ वर्षदेखि लुम्बिनी बिल्र्डसले कमला पुल निर्माण थालेको र ९५ प्रतिशत काम सम्पन्न भईसेको थियो । पुलको फिनिसिंग गरी साउन पहिलो साता उद्घाटन गर्ने तयारी भईरहँदा असारमा आएको वाढीले पाया नै भासिएको थियो । पुलको पाया भासिएपछि पछिल्लो चार महिनादेखि निर्माण कम्पनी र आयोजना कार्यालयले कुनै वास्ता नै राखेका थिएन् । आईतवारदेखि परेको वर्षा र कमला नदीमा पानीको वहाब वढेसँगै अर्को पाया भासिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय