आइतबार देखि आएको अबिरल बर्षाका कारण पहिरो जाँदा पहिरोले च्यापिएर खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँ का धर्मराज रोकाया र उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी र उनकी श्रीमती चन्द्रा गिरीको तथा खप्तड छान्ना गाउँपालिका ५ का धनराज जोशी गरी ५ जनाकोे पहिरोमा पुरिएर मृत्यु भएको खप्तड छान्ना गाउँपालिका घर भएका बिरेन्द्र बहादुर सिंहले बताए । आइतबार देखि आएको अबिरल बर्षाका कारण पहिरो जाँदा पहिरोमा पुरिएको सबैको मृत्यु भएको हो तर सञ्चार सेवा अवरुद्घ हुँदा जानकारी ढिला भएको उनको भनाइ छ ।

पहिरोमा च्यापिएर मृत्यु भएका सबैको शव स्काइभेटर लगाएर निकालिएको थियो । अविरल बर्षा सँगै आएको पहिरोका कारण च्यापिएर मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ जिल्ला प्रहरी कार्यालयका डियसपी रुपक खडकाले भने छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थलतर्फ खटाएको छु केहि समय पछि सबै जानकारी आउने छ ।

अविरल बर्षा सँगै गाउँमा पहिरो जाँदा खप्तड छान्ना गाउपालिका ७ तिखाढुङगाका राम बहादुर सिंह, मान बहादुर सिंह, मंगल बहादुर सिंह, दल बहादुर सिंह र हस्त बहादुर सिंहका सबै परिवार बिस्थापित भई आफन्तका घर बसोबास गर्दै आएका छन । त्यस्तै अविरल बर्षासँगै आएको पहिरोले पुरिएर बेपत्ता भएका थलारा गाउँपालिका डिख्लाका २३ जना मध्य २ जनाको शव प्रहरीले फेला पारेको छ तर शवको सनाखत भने हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय