अविरल वर्षाका कारण सुनसरीको इटहरीका विभिन्न क्षेत्र डुबानमा परेको छ । बिभिन्न खोलाहरूमा आएको बाढी पसेपछि इटहरीको बजार क्षेत्रसहित भित्रि गाउँहरु डुबानमा परेको हो । इटहरीका अधिकांस भुभागहरू जलमग्न बनेका छन भने शयौ घरहरूमा पानी पसेको छ । स्थानीय खोलाहरूमा आएको बाढीका कारण अहिले कोशि राजमार्ग अवरूद्ध बनेको छ ।

बाढीबाट मानवीय क्षति हुन नदिन इटहरीका अधिकांस क्षेत्रमा नेपाली सेना र प्रहरी परिचालन गरिएको छ । लगातारको वर्षाले किसानहरूले लगाएको धान तथा तरकारी बालीहरुमा पनि ठूलो क्षति पु¥याएको छ । भित्र्याउने बेला भएको धानमा बाढीले क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय