चीनले नेपाललाई थप २० लाख मात्रा कोरोनाविरूद्धको भेरोसेल खोप दिने प्रतिवद्धता जनाएको छ । आज परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन कुराकानीमा विदेशमन्त्री यीले कोरोना खोप अनुदान दिने प्रतिवद्धता जनाएका हुन् ।

विदेशमन्त्री यीले थप २० लाख मात्रा खोप दिने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । परराष्ट्र मन्त्री खड्काले विदेशमन्त्री यीलाई धन्यबादसमेत दिएका थिए । उनीहरूबीच मंगलबार करिब एक घन्टा टेलिफोनमा कुराकानी भएको हो ।

उनीहरूबीच द्विपक्षीय हितबारे पनि कुराकानी भएको थियो । साथै उनीहरूबीच सीमा व्यवस्थापन, तातोपानी र रसुवागढी नाकाबाट नियमित सामाग्री ढुवानी, हवाई सम्पर्कलगायत विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनिया विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय