बझाङमा पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । गएराति थलारा गाउँपालिका वडा नं ४ डिख्लामा गएको पहिरोमा परी २२ जना बेपत्ता भएका हुन् ।

सो गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् ।

बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १७ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागी भारतमा छन् ।

यतिबेला पहिरोका कारण तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायीरुपमा आश्रय लिइरहेका छन् ।

पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सय भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए ।

यस्तै अविरल वर्षाका कारण गएको पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकोले बाटो अवरुद्ध छ । घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय