कैलालीको धनगढी उपमहानगरपालीका १३ मा रहेको श्रीलँका बस्तीमा महोना नदि पस्दा करिब ६० घर परिवार बिस्थापित भएका छन । आईतबारदेखि निरन्तर रुपमा आईरहेको बर्षाका कारण महोना नदिमा पानीको बहाब बढ्दै जादा नदि बस्तीमा पसेको हो ।

श्रीलँका बस्तीमा नदि पसेपछि उक्त ठाँउका बासीन्दालाई सुरक्षित स्थानमा सारिएको छ । घरमा रहेको बाकी खाद्यन्न समेत भिजेर नष्ट हुदा स्थानीय निरास बनेका छन । धान भित्रयाउने समयमै आयको बाढीले खेतबारीमा लगाएको धानबाली समेत नष्ट गरेपछि अब कसरी बालबच्चा पाल्ने भन्ने चिन्ता विस्थापितहरु परेका छन् ।

श्रीलँका बस्ती महोना नदिका कारण पटक पटक डुबान हुदै आएको भएपनि तटबन्धन बनाउन कसैले ध्यान नदिएको नागरिकहरुको गुनाँसो छ । उनिहरुले हरेक नेताले तटबन्ध गर्छु भन्दै भोट माग्ने तर पछि कसैले बास्ता नगरेको गुनाँसो गरे ।

धनगढी उप महानगरपालीकाका नगर प्रमुख निर्प बहादुर ओडले नगरका सबै वडा डुबानको जोखिममा रहेकोले कतिपय क्षेत्रमा जेसिबि लगायत म्यानपावर पठाएको बताए । उनले बर्षाका कारण नोक्सान बेहोरेका किसानका लागी प्रदेश र संघीय सरकार सँग राहातको लागी पहल गर्ने बताए ।

महोना नदिमा आएको बाढीबाट प्रभाबित बनेका नागरिकहरुले भने आफुहरु डुबानको समस्या बाट बर्षौ देखि पिडित रहेको गुनाँसो गरेका छन । उनिहरुले सरकारले तटबन्ध गर्नका लागी छिटो भन्दा छिटो पहल गरिदिन आग्रह गरेका छन ।। ,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय