आईतबारदेखी परेको अबिरल बर्षाका कारण कर्णाली नदीमा आएको बाढिका कारण बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाँउपालिकाका केहि वस्ती डुबानमा परेका छन् ।

राजापुरको वडानम्बर १ टिउनी, मुर्गुवा, चनौरा र दौलतपुरका करिब १ सय घरमा पानी पसेको छ । त्यसैगरि गेरुवा गाँउपालिका वडा नम्बर ३ को वनकट्टी र वडानम्बर २ को राजीपुरका ५० भन्दा बढी घर डुवानमा परेको गाँउपालिकाले जनाएको छ ।

कर्णाली नदीमा पनीको सतह अझै बढ्ने भएकाले नदी किनारका वस्तीका मानिसहरुलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय