अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । जिल्लाको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् ।

स्थानीय राजेन्द्र चन्दले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिए । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङे पुल पनि बगाउँदा उद्धारमा कठिनाइ भएको बताइएको छ ।

सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिरहेको बताउँदै वडाध्यक्ष धामीले प्रतिकूल मौसमका कारण थप समस्या भइरहेको बताए ।

डुंगाडमा अहिलेसम्म उद्धारका लागि सरकारी टोली पुग्न सकेको छैन । नेपाल टेलिकमको फोन सेवा अबरुद्ध छ । एनसेलले भने काम गरिरहेको छ । चन्दले ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय