पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई जोगाउन सबै राजनीतिक दलका नेतालाई सत्बुद्धि दिन नवदुर्गा भवानि समक्ष कामना गरेका छन् ।एमाले अध्यक्ष ओलीले धर्तीमै पहिलोपटक परमादेशबाट सरकार बनेको तथा लोकतन्त्रमा लुटतन्त्र हाबी भएको भन्दै दसैँले यस्ता काम नगर्न सबैलाई सुमति दिने कामना गरेका हुन् ।

गृहजिल्ला झापा आईपुगेका ओलीले आज बिहिबार दसैँको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिइएको सन्दर्भ उल्लेख गर्दै सरकार र अदालतबीच ‘बार्टर’ सिस्टममा पछिल्लो सत्ता परिवर्तन भएको आरोप लगाए ।

बल्ल तल्ल तीन महिनापछि सरकारले जेठानलाई मन्त्री बनाएर पूर्णता पाएको आरोप समेत लाए ।उनले अहिले सरकारको आयु लामो नभएको कुरा ईकिंत गर्दै सरकार परिवर्तनमा पैसाको कारोबार भएको हाललाई नदेखिए पनि सट्टापट्टा भने भएको स्पष्टै देखिएको बताए ।ओलीले आज दसैँको विशेष दिन भएको बताउँदै शुभकामनामात्रै दिने र कसै प्रती कटाक्ष नगर्ने भन्दै धेरै बोलेनन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय