राष्ट्रपति विद्या भण्डारीले विजया दशमीको नवौं दिन नवकन्याहरुको पूजा गरेकी छन् । बिहीबार शितल निवासमा राष्ट्रपति भण्डारीले महानवमीको अवसरमामा नवकन्याहरुको पूजा गरेकी हुन् । विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २,३,४,५,६,७,८,९ वर्षकी कन्याको पूजा गरिन्छ ।

वैदिक सत्य सनातन हिन्दू धर्म शास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भएपनि महानवमीको दिनमा एकै पटक नवकन्याहरुलाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय