बडादशैंका अवसरमा घटस्थापना देखि टीकाको दिनसम्म स्थानीय महिलाद्वारा आयोजना गरिने पूर्णतः तान्त्रिक विधिमा आधारित झिझिया नृत्यको रमझमले अहिले मिथिला नगरी रमाइरहेको छ । सुरिलो गीतको भाकामा नाचिने यो नृत्यको तालमा नझुम्ने कोही हुँदैन ।

झिझियाको बनौट र स्वरुप भित्र जादु, टुनामुना र बोक्सी आदिको परम्परागत मान्यता रहि आएको छ । वर्षा ऋतुको विदाई र शरद् ऋतुको आगमनसंग नवरात्री भरि गीत र नृत्यको तालमा गाइने झिझियामा प्रयोग हुने घैंटोमा असंख्य प्वाल पारि त्यस भित्र दियो बालेर टाउकामा राखी महिलाहरु फनफनी नाच्ने गर्दछन् ।

गीतमा दुर्गा भगवती तथा नगर देवताको प्रार्थना, जादु टुनामुना गर्नेहरुप्रति व्यङ्ग्य र आफ्ना सन्ततिको दीर्घायुको कामना गर्ने गरिन्छ । धार्मिक बाहेक लोक सांस्कृतिक दृष्टिले समेत झिझिया पर्वको ठूलो महत्व रहेको जानकारहरु बताउँछन् । मिथिलाको मौलिकता बोकेको यो नाँचलाई अहिले पनि ग्रामीण महिलाहरुले जीवन्त राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय