मोरङ धनपालथान गाउँपालिका वडा नं ४ स्थित कर्सियाको विपि चोकमा रहेको सिटिजन बैंक लुटन आएका तीन जनालाई रंगेली प्रहरीले सार्वजनिक गरेको छ ।

मोटरसाईकलमा आएका समूहले बैंकको गार्ड जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं २ बस्ने वर्ष ४० को सितल कुमाल लाई गोली प्रहार गरी घाईते बनाएका थिए ।

बैक बाट नगद लुटपाट गरी फरार रहेकाहरुलाई प्रहरी चौकी अमाहीवरियाती तथा ससस्त्र बेश क्याप मायाँगन्जको संयुुक्त गस्ती टोलीले लुटपाटमा संलग्न रहेका विराटनगर महानगरपालिका वडा नं८ बस्ने वर्ष ३२ को श्याम मुखिया, देस भारत अररिया सेखपुरा ५ बस्ने वर्ष २८ को सुनिल यादव, देस भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० को बिजय सहनी को साथ बाट को २५ प ३८९९ नम्बर १५० सिसि को निलो रंगको पल्सर मोटरसाईकल, कटुवा पेस्तोल थान १ , नपड्किएको राउण्ड थान १, खोका थान १ र पड्किएको गोली थान १ नोकिया कम्पनीको सादा मोवाईल थान-१ समेत गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय