मुगुको छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा भएको यात्रुबाहक बस दुर्घटना टायर पञ्चरका कारण भएको तथ्य खुलेको छ । रारा यातायात प्रालिको भे.१ख ३१६७ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो ।

उक्त बसमा ४६ यात्रु रहेका थिए । दुर्घटना भएको बसका चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा करिव पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परेर अन्य १३ जना घाइते भएका छन् । दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोडमा रहेको छ ।

बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको हुँदा दुर्घटना अन्य कारणले नभई टायर पङ्चर भएका कारण भएको प्रहरीको अनुमान छ । सोही मोडमा बस अनियन्त्रित भई भिरबाट खसेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरु दसैँ बिदामा घर आएका काठमाडाँैलगायत अन्य सहरका अध्ययन गर्ने अधिकांश विद्यार्थी रहेका छन् ।

मृत्यु हुनेमा १८ पुरुष र आठ महिला तथा दुई नबालक रहेका छन् । दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय