राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजा अर्चना गरेकी छन् । बडा दशैँको महाअष्टमीका दिन आज बिहान मन्दिर पुगेर करिब १० मिनेट पूजा अर्चना गरेकी हुन् । उनी पूजाआजाका लागि विहान साढे दश बजे मन्दिर पुगेकी थिइन् ।

राष्ट्रप्रमुखले बडा दशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा रहेको छ । पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी बहिनी रहेको र पलाञ्चोक भगवती ठूली दिदी भएको लिच्छवीकालीन किंवदन्तीमा उल्लेख छ । पलाञ्चोक भगवती मन्दिरको स्थापना करिब १७ सय वर्ष अघि अर्थात संवत ४२५ मा मानदेव प्रथमको पालामा भएको मानिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय