विगत वर्षहरुमा भन्दा यसवर्ष काठमाडौं उपत्यकामा खसिबोका बिक्री सुस्ताएको छ । कोरोना महामारीका कारण कतिपयको रोजगारी नै गुमेको त कतिपय मानिसहरु गाउँमा दशैँ मनाउन गएकोले काठमाडौंमा खसिबोका व्यापार सुस्ताएको व्यापारीहरु बताउँछन् ।

काठमाडौ बाहिरबाट खसिबोका लिएर आउने व्यापारीहरुले आफुले खरिद गर्दाको मुल्य नै उठाउन नसकेको गुनासो गरेका छन् । काभ्रेबाट खसि बोका बिक्री गर्न भन्दै बबरमहलमा आएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको बताए ।

त्यस्तै धादिङबाट खसिबोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आएका परशुराम चौलागाँईले पनि गत वर्षको जस्तो व्यापार नरहेको बताए । उनले यस पटक आफुले खरिद गर्दा मुल्यमा नै खसिबोका बिक्री गर्न हम्मे हम्मे परेको बताए । उनले विगतमा फुलपाती कै दिन सवै खसीबोका बिक्री भइसकेको बताउदै यो पटक अझै एकसय भन्दा बढि नै खसीबोका बिक्री गर्न बाँकी रहेको बताए ।

कोरोना महामारीले गर्दा खसिबोका बिक्री वितरण हुन नसकेको व्यापारीहरुको बुझाई रहेको छ । उपत्यका भन्दा बाहिरबाट खसिबोका र च्यांग्रा बिक्री गर्न काठमाडौं आएका व्यापारीहरु चाहे जस्तो व्यापार नहुँदा निरास देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय