नेपाली हिन्दुहरुको महान चाड बिजया दशमी शुरु भएपछि धवलागिरीको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिर बागलुङमा पुजा गर्न आउने भक्तजनहरुको संख्यामा यसपटक ह्वात्तै बृद्धि भएको छ ।

कोरोनाको कारण वन्द भएको मन्दीर खुल्ला भएसंगै बागलुङको प्रसिद्ध कालिका भगवतीमन्दीरमा पनि दर्शनार्थीहरुको भिड लाग्न थालेको छ । नवदुर्गा शुरु भएपछि कालिका भगवती मन्दिरमा भक्तजनहरुले भाकल गरेका सयौं बोका, हाँस र कुखुराका बलि चढाउने क्रम समेत वढेको छ ।

नवदुर्गा शुरु भएपछि बागलुङ नगरपालिका वडा नं. १ मा रहेको रमणीय जंगलको बीचमा रहेको कालिका भगवती मन्दिरमा दर्शनार्थीको भिड बढेको छ । प्रत्येक बडा दशैं र चैत्र दशैंमा कालिका भगवती मन्दिरमा ठुलो मेला लाग्छ ।

यहाँ धौलागिरी अञ्चल बाहेक पोखरा, काठमाडौं, स्याङ्जा, बुटवल, चितवन लयायत देशका विभिन्न ठाउँबाट भगवतीको दर्शनका लागि भक्तजनहरु आउने गरेको भगवती गुठी व्यवस्थापक समितिका अध्यक्ष कुमार खडेकाले बताए ।

आफ्नो मनोकामना पुरा हुने विश्वासमा विभिन्न स्थानबाट भाकल गर्ने भक्तजनले कुखुरा, राँगा, बोका, परेवा आदि बलि चढाउने गर्छन् । मन्दिरमा प्रत्येक मंगलवार र शनिवार लगायत स–साना चाडपर्वमा उल्लेखनिय मात्रामा दर्शनार्थी आउने गरेपनि नवदुर्गाको अवधिभर मन्दिरमा भिड नै लाग्ने गर्छ ।

बिजया दशमीको अवसरमा बैदेशिक रोजगारको लागि बिदेश गएका व्यक्तिहरु समेत दशैंमा घर फर्कने कारणले गर्दा पनि मन्दिरमा पुजा गर्न भ्याई नभ्याई छ ।सोह्रौं शताब्दीमा पाल्पाका राजा मणीमुकुन्द सेनले आफ्नो छोरीलाई पर्वतका राजा प्रतापी नारायण मल्लसंग विवाह गर्ने क्रममा छोरीले खेल्ने देवीको मुर्ति दाइजो स्वरुप दिएका थिए ।

हालको बागलुङ सदरमुकामको पुछारमा आउँदा मुर्ति डेग नचलेपछि त्यही प्रतिस्थापन गरिएको र त्यहीबेला देखि यहाँ पुजाआजा शुरु भएको इतिहासमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय