समाजवाद सहितको पार्टी बनाउने योजना थियोे तर पार्टी नेतृत्वमा गलत मान्छे आएको कारणले गर्दा सबै कुरा भताभुंग भएको शिक्षा बिज्ञान तथा प्रविधि, मन्त्री देवेन्द्र पौडेलले बताए ।एकजना लिडर अरू बनाएको कुरा सम्हाल्ने भन्दा पनि बिगार्ने तर्फ लागेको कारणले समस्या आएको माओवादी नेता एंवम मन्त्री पौडेलले बताए ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले आयोजना गरेको स्वागत कार्यक्रममा अहिले पार्टी बिभाजन भएपछि गाउँ गाउँमा संगठन सदस्य बनाइ राख्न जरुरी नै पर्ने थिएन सरासर पार्टी सदस्यले मात्रै भोट हाले पुग्ने अवस्था थियोे पौडेलले भने ।

माओवादी अध्यक्ष प्रचण्डले माओवादीका मन्त्रीहरूलाइ भेटेर राम्रो काम गर्न निर्देशन दिएको तर आफुहरूले गठबन्धनका साझा धारणा ल्याउन सुझाव दिएको कार्यक्रममा बताए ।

बागलुङ जिल्ला क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्र निर्वाचित पौडेललाइ गृह जिल्लामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट ब्यापार संगठन , नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले जिल्ला बाट मन्त्री हुन सफल भएकोमा बधाई दिन आयोजीत कार्यक्रम बागलुङ जिल्ला आर्थिक रूपले धेरै तल परिसकेको ,मध्यपहाडी लोकमार्ग ,कालीगण्डकी कोरिडोर अहिलेसम्म सम्पन्न बन्न नसक्दा जनताले दिनहु सकस ब्यहोर्नु परेको भन्दै अब यसमा परिवर्तन ल्याउन सुझाव दिएका थिए ।जिल्लाले धेरै पछि मन्त्री पाएको छ अब यसलाई अवसरको रूपमा लिन जरुरी भएको बक्ताहरूले धारणा राखेका थिए ।

शिक्षा र स्वास्थ मन्त्रालयमा काम गर्न जटिलता भएको हुदा यसबारे तत्काल केही गर्न नसकिने मन्त्री पाडेलले बताए ।शिक्षा मन्त्रालय धमाधम बजेट बाड्ने मन्त्रालय निश्चित नीति नियममा कार्यक्रम र बजेट जाने बजेट उनले बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका जिल्ला इन्चार्ज बलावती शर्मा, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा ,नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन गण्डकी प्रदेशका अर्जुन चोखाल , नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन जिल्ला समिति का अध्यक्ष मुकेशचन्द्र राजभण्डारी , लगायतका बक्ताहरूले धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय