अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सदरमुकामका सडकमा रहेका खाल्डाखुल्डी पुरेको छ । बडादशै , दिपावली तथा छड पर्बको अबसरमा यात्रुहरूलाई सजिलो होस भन्ने उदेश्य अनुरुप बजार तथा नगरपालिका भित्र गाडिहरुको चापले गर्दा परेका खाल्डाखुल्डी पुर्ने काम गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए ।

सन्धिखर्क नगरपालिकाको अर्घामन्दिर जाने बाटो भक्तिटोला देखि चुत्राबेसि सन्धिखर्क हुदै हस्पिटल लाईन सम्म बिच बाटोमा रहेका र यात्रु तथा गाडिहरु हिड्न समस्या परेका ठाउहरुमा ग्राभेल गर्ने माटोले खाल्डाखुल्डी पुरेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

खाल्डाखुल्डी पुरेपछि यात्रुहरुकासाथै सवारि साधनहरुलाई हिडडुल गर्न सहज हुने भन्दै बिच बाटोमा देखिएका खाल्डाखुल्डी पुर्न लागिएको र नगरपालिकाका सबै ठाउमा यो कामलाई पनि निरन्तरता दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको भनाइ छ ।

नगरपालिकाका धेरै सडकहरु कालोपत्रे धमाधम भईरहेका छन भने सडकमा देखिएका सामान्य खाल्डाखुल्डी पुरेर सबारि साधनहरु सरर गुडुन भन्ने उदेश्यले यो कामको सुरुवात गरिए नगरपालिकाका प्राबिधिक नारायण पोख्रेलले जानकारी दिए।

सडकमा ३० वटा ट्याक्टरहरु जेसिभि लोडर समेत प्रयोग गरेर खाल्डाखुल्डी पुर्ने काम सुरु गरेपछि स्थानीय नगरपालिका बासि यात्रु सवारि चालक खुसि भएका छन खाल्डाखुल्डी पुर्ने कामको जिम्मेवारी सागर निर्माणले लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय