काठमाडौंबाट दोलखाको चरिकोटका लागि छुटेको बस लामोसाँघु जिरी सडक खण्डको ७ किलोमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । बा ४ ख १८०२ नम्बरको काठमाडौंमा चल्ने कान्तिपुर यातायातको बस सडकबाट केही तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

उनका अनुसार बसका चालक प्रहरीको नियन्त्रणमा छन् भने ३३ घाइतेमध्ये ३ को अवस्था गम्भीर भएपछि काठमाडौंका विभिन्न अस्पताल रिफर गरिएको छ । मोडमा रोकेर तातेको इन्जिनमा पानी हाल्न खोज्दा गुडेर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यस्तै गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा मंगलवार बलेरो जीप दुर्घटना हुदाँ चालकसहित १४ यात्रु घाइते भएका छन् । बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको जिप अनियन्त्रित भइ सडकबाट अम्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागी धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा लगिएको छ । सात जनालाई थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ ।

त्यस्तै कैलालीमा विंगर दुर्घटना हुँदा १५ जना घाइते भएका घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुर स्थित धनगढीबाट नेपालगंञ्ज तर्फ गईरहेको से १ ज ११०५ नम्बरको विंगरले बिपरित दिशा बाट आईरहेको से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा विंगरमा सबार १४ र एकजना मोटरसाइकल चालक गरी १५ जना घाइते भएका थिए । घाइतेहरुको सेती प्रादेशिक अस्पताल धनगढी उपचार भइरहेको छ ।

यस्तै धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय