बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. १ रूडीको मुनिबाट खसेको पहिरोले पुनः कर्णाली नदी थुनिएको छ । नदी थुनिएपछि जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकी जोखीममा परेका छन् । जुड्डी प्रहरीका अनुसार थुनिएको नदिले गाउँपालिका र प्रहरी चौकी तर्फको भाग कटान गर्दै लगेको छ ।

जोखिममा परेपछि गाउँपालिका र प्रहरी चौकीमा रहेका सबै समान सुरक्षित ठाउँमा लागिएको प्रहरीले जानकारी दिएको छ । यस अघि गत साउनमा पनि पहिरोले नदी थुनिएको थियो । पहिरो खसेको खबर थाहा पाउनसाथ इलाका प्रहरी चौकी कोल्टीबाट प्रहरी निरक्षक सहितको टोली त्यहाँ गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन् ।

पहिरो खस्न थालेपछि कर्णाली नदीलाइ साघुरो बनाएर केही भाग थुनिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका १ स्थित छुद्ररी नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुगां, माटो खसीरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय