बडा दशैं विषेश गरि १० दिन मनाउने गरिन्छ । तर यो वर्षभने दशैं ९ दिन मात्र मनाइनेछ । यो वर्ष षष्ठी र सप्तमी तिथि एकै दिन परेकाले दशैं ९ दिन मात्र मनाइने भएको हो ।

दश दिन मनाउने दशैं तिथिको घटिबटीले ९ दिन मात्र मनाइने भएको छ । यो वर्ष बडा दशैंको छैटौं दिन अर्थात षष्ठी र सप्तमी तिथि एकै दिन परेको छ । जसका कारणले दशैंको छैंटौ दिन र सातौ दिन एकै दिन मनाइने भएको हो ।

दशैंकको छैंटौ दिन कात्यायनी देवीको पूजा गरिएको छ । कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको पूजा गरिन्छ ।

माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । नवरात्रको सातौं दिन कालरात्रि स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । वडा दशैँको सातौँ दिन दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी सातौँ कालरात्रि देवीको पूजा आराधना गरी मनाइन्छ । देवी दुर्गा, आफ्नो सातौं स्वरूपमा कालरात्रिको नामले विख्यात छिन् ।

देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङ्ग युक्त शारीरिक वर्ण भएको कारण नै देवी कालरात्रि नामले विख्यात मानिन्छिन् । कालरात्रीको पूजा गर्नाले ग्रह जनित दोषहरू देवीको कृपाले निवारण हुन्छ भन्ने विश्वास छ । देवीको भक्तहरू हर प्रकारको भय जस्तै अग्नि भय, रोग भय, शत्रु भय इत्यादि भयबाट मुक्त रहन्छन् भन्ने मान्यता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय