पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने बताएका छन् । बडाँदशैंको अवसरमा सन्देश दिदै पूर्वराजा शाहले देशको तत्कालीन परिस्थितिले आफुलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न वाध्य तुल्याएको भन्दै देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन नसक्ने बोध आफुले गरेको बताएका छन ।

देशको राजनीतिक व्यवस्था आफू र आफ्नो समूह तथा त्यसभित्रको गुट र उपगूटमा अल्झिएको पूर्वराजाको टिप्पणी छ ।उनले कोरोना महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फसेका नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त भन्ने प्रश्न गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय