नेपालगञ्जबाट मुगुको गमगढी जाँदै गरेको बस दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७ तपनेखोलामा दुर्घटना भएको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अहिलेसम्म २३ जनाको शव संकलन गरिएको बताए । ७० जना यात्रु थिए भन्ने कुरा आएको छ,’ उनले भने, दुर्घटनामा घाईते भएकाहरुमध्य १२ जनालाई हवाईजहाजबाट लगीएको छ भने २ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरि नेपालगञ्ज लगीएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।बस करीब २५० मिटर तल खसेको मुगु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय