रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसंग भएको झडपमा मृत्यु भएका तीन जनाको अझै पहिचान खुल्न सकेको छैन । झडपमा चार जनाको मृत्यु भएपनि कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको हो ।

तनाव बढेदेखि हिजोदेखि त्यस क्षेत्रमा लगाइएको अनिश्चितकालिन कफ्र्यू जारी नै छ । थप झडप हुने अवस्था देखिएपछि स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो । मोतिपुक्षेत्रको हरिहरपुर, रानिगन्ज, तिनाउपुल आसपासको क्षेत्रमा अर्काे आदेश नहुन्जेल जिल्ला प्रहरी कार्यालय रूपन्देहीले निशेधाज्ञा जारी गरेको हो ।

पुन हिंसात्मक स्थिती नहोस भनेर सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाईते भएका छन् । ढुंगामुढा तथा पेट्रोल बम प्रहारवाट प्रहरी घाइते भएका हुन । घाईते प्रहरीहरु मध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौ ल्याईएको छ । झडपमा करिव तीस जना स्थानीय घाइते भएका छन ।

समाचार संकलन गर्न पुगेका दुईजना संञ्चारकर्मी पनि सो क्रममा घाइते भएका छन । घाईतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा उपचार भईरहेको छ ।सुकुम्बासीको नाममा केही समूहले औधोगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि तनाव भएको प्रशासनको भनाइ छ । गृहमन्त्री बालकृष्ण खाँणको जिल्लामा सर्वसाधारण मारिएपछि त्यसले आक्रोश निम्ताएको छ ।

औद्योगिक करिडोर क्षेत्रमा जग्गा अतिक्रमण गर्न बसेका विभिन्न जिल्लाका जनता र सुरक्षाकर्मीहरु बीच झडप भएको हो । मोतिपुरको हरिहरपुर क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय