काठमाडौंको टेकुस्थित पचली भैरवको घ्याम्पो जात्रा शुरु भएको छ । गएराति पचली भैरबको पिठमा होम तथा पूजा गरी जात्रा शुरु भएको हो । तिथिअनुसार आश्विन शुक्ल चतुर्थी र पञ्चमीमा पचली भैरवको मूर्तिजडित तामाको ठूलो घ्याम्पोको खट जात्रा गरिन्छ ।

जात्रामा भैरवको घ्याम्पोलाई खटमा राखी टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरुगणेशस्थान हुँदै हनुमानढोका दरबारमा लैजाने गरिन्छ । जिवित देवी कुमारीलाई समेत जात्रा अवलोकनका लागि हनुमानढोका परिसर लैजाने चलन छ । मध्यरातमा अजिमासहित पचली भैरवमा बलीसमेत दिएर सोही बाटो हुँदै ज्यापु समुदायको घरमा भैरवको घ्याम्पोलाई प्रतिस्थापन गरिन्छ ।

त्यसपछि वर्ष भरि सर्वसाधरणको दर्शनका लागि भैरवको घ्याम्पो त्यहीँ राख्ने प्रचलन छ । नेवारले पचली भैरवलाई ‘आजु’ देवताका रूपमा पुज्छन् । उनीहरू आजुलाई आफ्ना पुर्खा सम्झन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय