नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको आगामी महाधिवेशनबाट अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गरेका छन् । महासचिव पोखरेलले संचारकर्मीसंग राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउन ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गरे । उनले आफूले अव पार्टीको महासचिव पदमा उम्मेदवारी नदिने घोषणा समेत गरे ।

महासचिव पोखरेलले आगामी मंसीरको दोस्रो साता पार्टीको दशौं राष्ट्रिय महाधिवेशन हुने र त्यसले पार्टी नेतृत्व चयन गर्ने बताए । उनले नेकपा एमाले छिटोभन्दा छिटो निर्वाचनमा जाने पक्षमा रहेको पनि स्पष्ट पारे ।महासचिव पोखरेलले अदालतलाई राजनीति नगर्न चेतावनीसमेत दिए । अदालत संविधान अनुरुप नहिँडेको दावी गर्दै उनले आपत्ति समेत जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय