गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् । आईतबार सिंहदरवारमा पुगेर महिला अधिकारकर्मीको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताए । गृहमन्त्री खाणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको समेत स्पष्ट पारे ।

गृहमन्त्री खाणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको दावी गरे । त्यसक्रममा महिला अधिकारकर्मीहरुले पीडितको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

महिला अधिकारकर्मीहरुले सो घटनाका पीडितको न्यायको खोजी गर्दै नेपालगंजबाट पैदल यात्रा गरी काठमाडौं आएर शान्तिपूर्ण प्रर्दशन गरिरहेकाहरुमाथि प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय