लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री केसीले आइतबार सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जना मन्त्री नियुक्त गरी १७ सदस्य मन्त्रिमण्डल बनाएका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख अमिक शेरचन र राज्यमन्त्रीहरुले मुख्यमन्त्री केसीसँग पद तथा गोपनियताको सपथ लिएका छन् ।

कांग्रेसबाट पाल्पाका वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाई, बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण र रुपन्देहीका बसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री बनेका छन् । यस्तै कांग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विक नियुक्त भएकी छिन् ।

त्यसैगरी माओवादी केन्द्रबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चार, दाङका इन्द्रजित थारू स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री बनेका छन् । माओवादीबाट दाङकी विमलाकुमारी वली खत्री र कपिलवस्तुकी सुष्मा यादव राज्यमन्त्री बनेकी छिन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानून, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भएकी छन् । लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय