धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आईतबार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिनमा नै नेप्से १८।५३ अङ्कले ओरालो लागेर दुई हजार ६६२.५८ मा ओर्लिएको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९६ अङ्कले ओरालो लागेर ४९९.७८ मा ओर्लिएको हो ।

नेप्सेका ओरालो यात्रासँगै कारोबार रकमसमेत खुम्चिएको छ । कूल २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर चार अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब २७ अर्ब ५५ करोड २५ लाख ५० हजारको हाराहारीमा रहेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । वित्त ६.७६, जीवन बीमा ७३.८६ र सामूहिक लगानी कोष ०.११ अङ्कले घटेको छ । बैंकिङ ६.३३, व्यापार १४.३७, होटल तथा पर्यटन ५८.४, विकास बैंक ५८.०२, जलविद्यसत् ३३.०५, निर्जीवन बीमा ५३.३१, उत्पादन २०५.९५, अन्य २७.६५, लघुवित्त ४५.९२ र लगानी ०.६१ अङ्कले घटेको छ ।

कारोबारका आधारमा महिला लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो संस्थाको १८ करोड ९३ लाख ४९ हजार ४१५ बराबरको कारोबार भयो । जीवन विकास लघुवित्त १८ करोड ३८ लाख ८३ हजार ९०५, नेपाल बङ्गलादेश बैंक १५ करोड २७ लाख ३५ हजार ९२६, हिमालयन डिस्टिलरी १३ करोड २५ लाख ३९ हजार ३३२ र नबिल बैंक ११ करोड ४७ लाख ५५ हजार ८७२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मैलुङखोला जलविद्युत् कम्पनी ९.९८, जीवन विकास लघुवित्र ९.५०, महिला लघुवित्त ९.३७, सर्पोट माइक्रोफाइनान्स ७.८०, महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ७.७३ प्रतिशतले कमाए । शिवम् सिमेन्ट ६.४६, माउण्टेन हाइड्रो ६.४४, रिडी हाइड्रोपावर ६.४२, आशा लघुवित्त ५.७५ र सिटिजन बैंकका लगानीकर्ताले ५.३८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय